नायिकाहरूको सूचीमा रिया महिलाको पहिलो नम्बरमा

मुम्बई । बलिउड नायिका रिया चक्रवर्ती पछिल्लो एक वर्षमा सबैभन्दा चर्चित भारतीय महिलाको सूचीमा परेकी छिन् ।

टाइम्स अफ इन्डियाले तयार गरेको टाइम्स मस्ट फिफ्टी डिजाएरेबल वुमन २०२० को सूचीमा पहिलो नम्बरमा परेकी रिया प्रेमी सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणका कारण चर्चामा थिइन् ।

सन् २०२० मा सबैभन्दा बढी प्रभाव छोड्ने महिलामा आधारित उक्त लिस्टमा सार्वजनिक रुपमा सबैभन्दा बढी प्रभाव छोड्ने महिला साबित भएकी हुन् ।

अनलाइन पोलमा संकलित भोटको आधारमा निर्माण गरिएको उक्त लिस्टमा रियाले दीपिका पादुकोण, दिशा पटानी, कटिझना कैफजस्ता अभिनेत्रीलाई पछि पारेकी छिन् ।

यस लिस्टमा एड्लिन क्यास्टेलिनो दोस्रो, दिशा पटानी तेस्रो, कियारा आड्वाणी चौथो नम्बरमा परेका छन् । मस्ट फिफ्टी डिजायरेबल वुमन २०२० को लिस्टको पाचौं नम्बरमा दीपिका पादुकोण, छैटौं नम्बरमा कैैटरिना कैफ र सातौं नम्बरमा ज्याकलिन फर्नान्डिस रहेका छन् ।

Leave a Reply

Your email address will not be published.