भोटका लागि अनेक फण्डा !

काठमाडौं । चर्चामा आउन र भोटका लागि उम्मेदवारहरुले अनेक फण्डा गर्न थालेका छन् । यसैक्रममा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार पोषण थापाले मतदाताको खेतमा पुगी हलो जोतेर भोट मागेका छन् ।

उनको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : एकनाथ ढकाल

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘परमादेशी सरकार’लाई हटाउन एमालेसँग चुनावी तालमेल गरेको बताएका छन् ।

नेकपा ऐमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका उम्मेदबार ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरेका छन् ।

सूर्यमा मत माग्दै देशव्यापी अभियानमा हिँडेका ढकालले जनतामा ओली प्यास रहेको आफूले पाएको बताउँदै मङ्सिर ४ गते जनताको उक्त प्यास मेटिने उनको भनाइ छ ।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको समृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपत्तिजनक हो,’

ढकालले भने, ‘संसदबाट प्रधानमन्त्री बन्ने संबैधानिक मान्यताविपरीत अदालती परमादेशबाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धति र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सही फैसला गर्नुपर्दछ ।’

परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमालेसँग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

सूर्य चिह्नबाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदूरपश्चिमको विकासका लागी नेकपा एमालेसँग मिलेर काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *