माओवादीका उम्मेदवार नै एमालेमा प्रवेश, ईश्वर पोखरेलले गरे स्वागत !

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठ आज एमालेमा प्रवेश गरेपछि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित झनै सहज बन्ने भएको छ ।

माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । उहाँहरुलाई सोमबार एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का

प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल, निर्वाचत परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरे ।

काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताए । उनले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताए । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उनले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने पोखरेलको धारणा रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडा मध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरु जितेको छ ।

गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्नेहरु दिनहुँ बढिरहेको छ । गठबन्धनले भूगोल भन्दा बाहिरबाट उम्मेदवार बनाएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसै क्षेत्रमा भिजेको हेभीवेट नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *