मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

काठमाडौं। सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । चुनावलाई लक्षित गर्दै सरकारले बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

पश्चिम नवलपरासी–२ मा एमालेप्रति मतदाताको आकर्षण, जीत निश्चित छ: अधिकारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी आंकलन शुरु हुन थालेको छ । पश्चिम नवलपरासीको क्षेत्र नं.२ को चुनाव पनि रोचक बन्दै गएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमाले-जसपा तालमेलबाट एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी र राप्रपा-लोसपा गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष धुव्रबहादुर प्रधानबीच मूख्य प्रतिस्पर्धा हुँदै छ ।

कांग्रेस उम्मेदवर कँडेल यस क्षेत्रबाट यसअघि तीन पटकसम्म निर्वाचित भईसकेका छन् । एमालेका अधिकारी र राप्रपाका प्रधान नयाँ अनुहार हुन् ।

चुनावी सरगर्मी बढ्दै जाँदा पश्चिम नवलपरासीको क्षेत्र नं. २ का मतदाताले यसपटक नयाँ अनुहारलाई जिताउने पक्षमा देखिएका छन् । तीनपटक सम्म जित्दा पनि कँडेलले यस क्षेत्रमा केही काम गर्न नसकेको मतदाताको गुनासो छ ।

राप्रपाका प्रधान पनि अधिकांश समय काठमाडौं बस्ने र चुनावको समयमा मात्र जिल्ला फर्किने गरेको गुनासो मतदाताको छ । एमालेका अधिकारी जिल्लावासी र जिल्लामै राजनीति गर्दै जनताको सेवामा समर्पित रहेकोले यसपटक यहाँका मतदाताको आकर्षण एमालेका उम्मेदवारप्रति देखिएको सुनवलका दीपक ढकालको बुझाई छ ।

कांग्रेसबाट तीन पटकसम्म निर्वाचित कँडेलले आफूले केही गर्न नसकेको तर एमालेको सरकारले गरेका विकास निर्माणको जस लिएर मतदतालाई भ्रम सिर्जना गर्दै चुनाव जित्दै आएपनि यसपटक मतदाता सचेत रहेको पाल्हीनन्दनका कृष्ण यादवले बताए ।

“कांग्रेसले झण्डै ३० वर्ष सरकारको नेतृत्व गर्दा गर्न नसकेको तर एमालेको सरकार आएलगत्तै महेशपुरको छोटी भन्सार मूल भन्सारमा परिणत भएको जगजाहेरै छ, तर कँडेलले मैले गरेको हो भन्दै भ्रम छरेर जनतालाई बेकुफ बनाउन खोजेका छन्,हामी मतदातालाई हेप्नेलाई अबको चुनावमा देखाईदिन्छौँ”,उनले भने ।

कँडेलले तीन पटकसम्म जित्दा पनि केही गर्न नसकेको तर एमालेका बैजनाथ चौधरीले यहाँबाट एकपटक प्रतिनिधिसभामा र एकपटक प्रदेशसभामा जितेर लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा जिल्लामा अर्बाैँ बजेट भित्राउन सफल हुनुभएको एमाले नेता बीरेन्द्र यादवले बतए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *