कति हुन्छ नेपालमा सरकारी शिक्षक, कर्मचारीको तलब ?

काठमाडौं । नेपालमा सरकारी कर्मचारी र शिक्षकको तलब कति हुन्छ ? के तपाईँलाई थाहा छ ? धेरैलाई चासो र जिज्ञासा रहेको सरकारी तलब बारे यहाँ हामीले चर्चा गरेका छौं ।

यसै वर्ष सरकारले १५ प्रतिशत तलब बढाएको थियो । त्यो बढको तलब गत साउन महिनाबाट सरकारी शिक्षक कर्मचारीहरुले पाउन थालेका छन् ।

निजामति कर्मचारीको सबैभन्दा धेरै अमुक पदवाल मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढेको छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।

अहिले मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ छ भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ पुगेको छ ।

तलवबाहेक मुख्य सचिवदेखि कार्यालय सहायहसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् ।

हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबमा जोड्ने गरिएको छ । साथै कर्मचारीले वर्षको एक पल्ट पोशाक भत्ता समेत पाउँछन् ।

कसको तलब कति यो तालिकामा हेर्नुस्

यस्तै, सरकारी शिक्षक माध्यमिक तह (प्रथम श्रेणी)को तलब ५६ हजार ७ सय ८७ छ । यसअघि ४९ हजार ३ सय ८० बुझ्दै आएका थिए । माध्यमिक तह कै (तृतीय श्रेणी)का शिक्षकले मासिक ४३ हजार ६ सय ९० रुपैयाँ तलब पाउन गरेका छन् ।

निमावि तहका शिक्षकको शुरु तलबमान ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ भने प्रथम श्रेणीका शिक्षकले ४५ हजार ८ सय ६२ रुपैयाँ तलब पाउँछन् ।

त्यस्तै द्वितीय श्रेणीका शिक्षकको पारिश्रमिक ४३ हजार ६ सय ८९ तोकिएको छ । यो बाहेक ग्रेडअनुसार थप तलब पाउने व्यवस्था छ ।

सरकारी शिक्षक प्रावि तह अन्र्तगत शुरु तलबमान (तृतीय श्रेणी) ३२ हजार ९ सय २ रुपैयाँ छ भने द्वितीय श्रेणी ३४ हजार ७ सय ३० र प्रथम श्रेणीका शिक्षकको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ हुन्छ ।

कसको तलब कति यो तालिकामा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *