विश्वकप हेर्न ५ सय तिर्नुपर्ने निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । विश्वकप फुटबल हेर्नका लागि ५ सय रुपैँया शुल्क लिने निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको छ ।

मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता किशोर पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

अधिवक्ता प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै शूल्क लिन पाउने निर्णय गरेको हो ।

गत कात्तिक २२ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएका थिए।

उद्घाटन, दुई सेमी-फाइनल र फाइनल खेल निःशुल्करुपमा हेर्न पाइने छ । अन्य खेलहरू भने शुल्क तिरेर हेर्नु पर्ने भएको हो ।

‘विश्वकप फुटबल २०२२ प्रसारण गर्न छुट्टै ५ सय शुल्क तिरि छुट्टै टिभी च्यानल मार्फत फुटबलका उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वैच्छिक देखिन्छ भने विपक्षी मिडिया हब प्रालि र हिमालयन नेटवर्क प्रालिबिच भएको सम्झौताको अनुसूची ३ को २.१ को –बी) को –आई)

र (आईआई) मा उद्घाटन खेल, दुवै सेमिफाइनल र फाइनल खेल निशुल्क देखाउनु पर्ने भन्ने उल्लेख भएको देखिँदा केही खेलहरु निशुल्क प्रसारित गर्नु पर्ने भन्ने देखिएबाट महत्वपुर्ण इभेन्टसहरु निशुल्क हेर्न पाइने अवस्था समेत देखिन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *