घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु. चार सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु. ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *