बेहुलाले सस्तो लेहेंगा पठाएपछि बेहुलीले गरिन् बिहे नै रद्द !

एजेन्सी । विवाह रद्द हुने धेरै कारण हुनसक्छन् तर भारतकाे उत्तराखण्डमा यस्तो कारणले विवाह रद्द गरिएकाे छ जुन थाहा पाउँदा तपाई सायद बेस्सरी हाँस्नुहुनेछ ।

त्यहाँ एउटी दुलहीले बेहुलाको परिवारले सस्तो लेहेंगा पठाएपछि विवाह रद्द गरेकी छिन । बिहे रद्द भएपछि मामिला प्रहरी चौकीसम्म पुगेकाे खबर भारतीय मिडियाहरूमा चर्चाकाे विषय बनेकाे छ ।

नैनितालको हल्द्वानी जिल्लाकी बेहुलीलाई बेहुलाको परिवारले पठाएको लेहेंगा मन परेन। दुलहीका अनुसार लेहेंगा निकै सस्तो र कम गुणस्तरको थियो, जुन उनलाई पटक्कै मन परेन । जसका कारण उनले बिहे गर्न मानिनन् ।

दुलहीको इन्गेजमेन्ट जुन महिनामा भएको थियो । उनीहरू अहिले विवाह गर्दै थिए । पारिवारिक सहमती मै उनीहरूबीच विवाह समाराेह हुँदै थियाे ।

उत्तराखण्डको अल्मोडामा बसोबास गर्ने बेहुला पक्षका मानिसहरूले लखनउबाट १० हजार रुपैयाँमा एउटा लेहेंगा किनेको बताउँछन्, जुन न सस्तो छ न कम गुणस्तरको।

यस विषयमा दुवै पक्षबीच बहस भएको थियो । चर्काचर्की बढेपछि दुलहाका बुबाले दुलहीलाई आफ्नो एटीएम कार्ड दिए र उनको मनपर्ने लेहेंगा किन्न भने। यति हुँदाहुँदै पनि दुलही बिहे गर्न मानिनन् ।

सबै तयारी सकिएपछि अन्तिम समयमा बेहुलीले बिहे गर्न अस्वीकार गरेपछि बेहुला पक्षका मानिसहरु निकै आक्रोशित भए । दुवै पक्षबीच चर्काचर्की भयो, त्यसपछि मामिला हल्द्वानी प्रहरी चौकी पुग्यो ।

त्यसपछि प्रहरीले निकै मुस्किलले दुवै पक्षलाई शान्त गराएपछि दुवैबीच आपसी समझदारी गराएर विवाह रद्द गर्ने निर्णय गरी घर फर्काएको थियो ।

यस्तै अर्काे मजाककाे खबर पनि छ, जनवरीको सुरुमा, उत्तर प्रदेशमा एउटी दुलहीले आफ्नो विवाह यसैगरी रद्द गरेकी थिइन् किनभने दुलहाले परम्परागत रूपमा माला पहिराउनु पर्नेमा उनको घाँटीमा टाढैबाट फालेका थिए।

यसैलाई लिएर दुई पक्षबीच झडप भएको थियो र बेहुलाले  अस्वीकार गरेका थिए । घटना मिलाउन प्रहरीलाई घटनास्थलमा बोलाइएपछि दुवै परिवारले एकअर्कालाई उपहार दिएर विवाह रद्द गर्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *