रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

सभामुखले खसाले भोट

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।

उता, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *