माधव नेपालले गरे मतदान

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रधानमन्त्रीकै लागि विवाद गर्दैनौं : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।

आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरु विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरु हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।

गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरुले नै सरकार बनाउने पनि प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान शुरु भएको छ ।

राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्नुभएको हो। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *