माओवादी अध्यक्ष प्रचण्डले शिवनगरबाट गरे मतदान

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे ‘क’ केन्द्रबाट पहिलाे मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।

प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताए । आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पारे ।

कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उनले भने । गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले बताए ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् । चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *