भाेट हालेपछि गगन थापा भन्छन्, ‘मुलुक कसले हाँक्ने हाे ….’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।

त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’

मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं-४ का मतदातालाई हेक्का रहेको उनले बताए ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले भने, यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो,

जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’

काठमाडौं-४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्– ७० प्रतिशतभन्दा माथि मतदान हुन्छ

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशतभन्दा धेरै मत खस्ने बताएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदान पछि सञ्चारकर्मीसँग उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए ।

उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उनले सबै मतदातालाई मतदानमा सहभागी हुन उनको अपिल छ ।

थपलियाले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट भइरहेको जानकारी दिए । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीमा कुनै कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ । उनले मतदान गर्न केही समय लागेकाले व्यवस्थापकीय कामलाई थप सहजिकरण गर्न निर्वाचन अधिकृतहरुलाई आग्रह गरे ।

निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उनले बताए । थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सम्पन्न गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *