फिफा विश्वकपको पहिलो खेल आज राति

काठमाडाैं । २२ औं फिफा विश्वकप आजबाट सुरु हुँदैछ । यसमा विश्वभरबाट ३२ टोली सहभागी हुनेछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा खेलिएका छन् तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटक विश्वकप नोभेम्बर र डिसेम्बरमा राखिएको छ ।

पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो । आयोजक टोली उरुग्वेले जितेको थियो। सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेकाे थिएन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप खेलाइन्छ ।

कहाँ हुनेछ उद्घाटन समारोह

नेपाली समय अनुसार राति ९ः४५ बजे विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच हुनेछ । त्यस्तै, नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ ।

उद्घाटन समारोहको मुख्य आकर्षण दक्षिण कोरियाली ब्यान्ड BTS हुनेछ । BTS सदस्य Jungkook पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् ।

यससँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।

कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।

विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ ।

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ ।

पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् । विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *