अर्को चुनावमा राजेश हमाल उम्मेदवार, भाेट हालेपछि गरे यस्ताे उद्घाेष !

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।

‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

पाल्पाको तानसेनमा खसेका ६८ मत रद्ध गरी फेरि मतदान

पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।

विष्णु पौडेलले गरे मतदान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् । बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०: ४५ बजे मतदान गरेका हुन् ।

पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *