पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।

यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन्। फाकफाेकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेका हुन् ।

राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मिएकाे उनकाे नागरिकतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *