ललिलपुर र भक्तपुरको मतगणना कहाँ-कहाँ हुँदैछ ? [ अपडेट ]

काठमाडौं । ललितपुरका ३ वटा निर्वाचन क्षेत्र र भक्तपुरका २ वटा निर्वाचन क्षेत्रका मतगणना पनि फरक-फरक ठाउँमा हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना गोदावरी नगरपालिकाको कार्यालयमा, क्षेत्र नम्बर २ को नेपाल तेक्वान्दो संघको कार्यालय सातदोवाटो र निर्वाचन क्षेत्र नम्बर को ३ को स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गर्ने तयारी छ ।

ललितपुरमा १३१ वटा मतदानस्थलका २९० वटा मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी गोमा धमालाले जानकारी दिइन ।

उनका अनुसार सबै मतदान स्थलबाट मतपत्र ढुवानी भइसकेपछि मतगणना सुरु गरिने छ । जिल्ला निर्वाचन अधिकारी धमालाका अनुसार क्षेत्र नम्बर २ र ३ को चाडैँ मतपेटिका ढुवानी हुने भए पनि क्षेत्र नम्बर १ को भने राति २ बजेसम्म मात्र मतपत्र ढुवानी हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बिद्युत तालिम केन्द्र खरिपाटी र क्षेत्र नम्बर २ को कृषि विकास बैंक तालिम केन्द्र बोडेमा हुने जिल्ला निर्वाचन अधिकारी नरेन्द्र न्यौपानेले  जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा ७६ मतदान स्थलका २२२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो ।

मतपेटिका आजै ढुवानी सकियो सकिए आज रातिबाटै मतगणना सुरु गरिने जनाइएको छ । भक्तपुरमा करिव ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *