काठमाडौंको कुन-कुन ठाउँमा हुँदैछ मतगणना ? अपडेट

काठमाडाैं । काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।

सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।

मुगुका तीन पालिकाको मतपेटिका पैदलै सदरमुकाम ल्याइने, आइपुग्नै २ दिन लाग्न सक्ने

मुगुका एक नगरपालिका र तीन गाउँपालिकामा रहेका ६६ मतदान केन्द्रमध्ये छायानाथ रारा नगरपालिकाका मतदान केन्द्रका मतपेटिका मात्रै आजै सदरमुकाम ल्याइने भएको छ ।

खत्याड गाउँपालिका, सुरु गाउँपालिका र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलनै सदरमुकाम ल्याइने भएको छ ।

सुरुमा हेलिकोप्टरको व्यवस्था गरिने भनिए पनि विशेष कारणले हेलिकोप्टरको व्यवस्थापन हुन नसक्दा खत्याड, सोरु र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलै ल्याउनु परेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

खत्याड गाउँपालिकाको धेरैजसो मतदान केन्द्रबाट सदरमुकाम पुग्न एकदेखि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।

त्यस्तै मुगम कार्मारोङ गाउँपालिकामा रहेका सबैजसो मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन एकदेखि तीन दिनसम्म लाग्न सक्छ ।

सोरु गाउँपालिकाका धेरैजसो मतदान केन्द्रबाट पनि मतपेटिका सदरमुकाम ल्याउन एक दिनदेखि दुई दिन पैदल हिँड्नुपर्छ ।

गत असोजको बाढीले धेरै ठाउँमा बाटो बिग्रिएकोले यात्रा गर्न निकै कष्ट हुने देखिएको छ । मतपेटिका बोकेर पैदल सदरमुकाम पुग्न निकै जोखिम हुने मतदान केन्द्रमा खटाइएका कर्मचारी बताउँछ्न् ।

जिल्लाको छायानाथ रारा नगरपालिकाका मतपेटिका भने आजै रातिसम्म सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ । अन्य तीन पालिकाको मतपेटिका भोलि बेलुकीसम्म आइपुग्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *