कास्की क्षेत्र नं. २ को मतगणना जारी, रास्वपा अगाडि [ कसकाे कति मत अपडेट ]

काठमाडौं । कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् ।

मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभा २ ‘१’ मा राप्रपाका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुँदा उनले १९९ मत प्राप्त गरेका छन् । एमालेका भीम कार्कीले १४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १०५ मत पाएका छन् ।

कास्की–१ मा ११ बजेबाट मतगणना सुरु हुने

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना पनि सुरु गर्ने तयारी छ । कास्की क्षेत्र नं. १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज बिहान ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।

यसका लागि बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं. १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।

यसअघि जिल्लामा मतगणनालाई व्यवस्थित बनाउन एवं निर्वाचन आयोगको निर्देशन समेतलाई दृष्टिगत गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्न लागेको जनाइएको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा (एमाले)का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उमेदवारी छ ।

प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ (माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उमेदवारी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *