चितवन-२ मा मतगणना सुरु, रास्वपाको अग्रता

चितवन । चितवन-२ मा मतगणना सुरु भएको छ । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले अग्रता बनाएका छन् ।

रास्वपाका लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवार कृष्ण भक्त पोख्रेलले ३२ मत पाएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो ।

यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०,

फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६४ मध्ये १२ हजार एक सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार आठ सय २० मध्ये १८ हजार एक सय ३,

महाशिला गाउँपालिकामा आठ हजार तीन सय ८७ मध्ये चार हजार एक, मोदी गाउँपालिकामा १९ हजार आठ सय ३६ मध्ये १० हजार पाँच सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार छ सय २० मध्ये छ हजार चार सय १९ मत खसेको हो ।

जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २२ हजार छ सय १९ मध्ये ६६ हजार दुई सय ७३ मत खसेको छ । सो कार्यालयका प्रवक्ता राजु ढुङ्गानाका अनुसार

जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन् । बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि सुरु गर्ने तयारी गरिएको ढुङ्गानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *