डडेल्धुरा मतगणनाः प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी सागरले बढाए अग्रता [ ताजा अपडेट ]

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार डडेल्धुरामा प्रधानमन्त्री देउवा पछि परेका छन् ।

देउवाले २ हजार ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ४७ मत प्राप्त गरेका छन् । देउवाविरुद्ध उम्मेदवारी दिएका ढकालले अग्रता बढाएका हुन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए । करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए ।

क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *