काठमाडौं ७ मा घण्टीको अग्रता, मानुषी तेस्रो स्थानमा [ अपडेट ]

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले सुरुवाती अग्रता लिएका छन् ।

सो पार्टीका उमेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना शुरू गरिएको छ। दुर्गम र यातायातको सुविधा नभएको स्थानको भने आज मतपेटिका संकलन गरिने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार‚ काठमाडौं क्षेत्र नं ७‚ ललितपुर क्षेत्र नं ३ र २‚ भक्तपुर क्षेत्र नं २‚ झापा क्षेत्र नं २‚ कास्की क्षेत्र नं २ तथा चितवन क्षेत्र नं २ मा मत गणना भइरहेको छ। अन्य क्षेत्रमा पनि गणनाको तयारी भइरहेको छ।

देशभर प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ सीट र प्रदेश सभाका ३३० सीटमा मतदान भएको हो। त्यस्तै, समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० सदस्यका लागि मतदान भएको हो। १५ मतदानस्थलमा भने मतदान स्थगन भएको छ।

निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्ब। केही स्थानको विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने विश्वास रहेको आयोगको छ। आयोगले ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको थियो।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अपेक्षाभन्दा कम मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

देशभर मतदान सम्पन्न भएपछि मंसीर ४ गते राति ७ः५० बजे पत्रकारका सम्मेलन गरी निर्वाचनबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “अपेक्षाभन्दा कम मतदान भयो।”

प्रारम्भिक विवरण अनुसार, ६१ प्रतिशत मतदान भएको थपलियाले बताए। केही स्थानको विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने विश्वास रहेको उनको भनाइ छ। आयोगले ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको थियो।

केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भएको आयोगले जनाएको छ। बाजुरा लगायत १५ मतदानस्थलमा मतदान स्थगन भएको जनाउँदै त्यहाँ पुनः मतदान हुने उनले बताए।

“मतदान स्थगन भएका स्थानमा पुनः मतदानका लागि दुई दिनभित्र निर्णय गरिसक्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकेका छौं,” थपलियाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *