काठमाडौं ७ मा घण्टी अगाडि, लाैराे दाेस्राे कसकाे कति मत (ताजा अपडेट)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १७७ मतसहित अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) चौथो स्थानमा छन् ।

एमालेका घिमिरेले ९३ मत पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन् । हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर–२ मा अहिले प्रतिनिधिसभा सदस्यतर्फको मतगणना भइरहेको छ । गणनमा नेकपा (एमाले)का उमेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।

अर्जुनधारा नगरपालिकामा जारी गणनामा ६०० मत गन्दा घिमिरेले २०० मत, सत्ता गठबन्धनका उमेदवार हरि रानाले १९८ र स्वतन्त्रत उमेदवार स्वागत नेपालले १०० मत ल्याएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गनिएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।

सिटौलाले १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *