ललितपुर–२ मा दश हजार मत गन्दा एमालेको अग्रता (कसकाे कति मत)

काठमाडौं । ललितपुर–२ मा १० हजार ८८ मतगणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार एमालेका उमेदवार सबैभन्दा अगाडि छन् ।

नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत ल्याएका छन् । उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको १ हजार ४९० मत छ ।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यको १ हजार ४९७ मत छ । नेकपा एसका कृष्णलाल महर्जनले १ हजार ४७७ मत प्राप्त गरेका छा् । राप्रपाका रघुबरराज थापाले १ हजार ४२६ मत पाएका छन् ।

लितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिएका छन् । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् ।

ललितपुर–३ मा पनि एमालेकै अग्रता छ । एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन् । उनले ७५७ मत ल्याएका छन् । स्वतन्त्र राष्ट्रिय पार्टीका उम्मेदवार तोसिमा कार्कीले पछ्याइरहेकी छन् । खड्काले २८६ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालले १०९ मत पाएकी छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी छ । अहिलेसम्म ८०० मत गन्दा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ । एमालेका देवराज घिमिरेले ३२४ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका हरि रानामगरले १९८ र भद्रप्रसाद (स्वागत) नेपालले १०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि समान १०० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *