ललितपुर–३ मा १३ सय मतगणना : एमालेको अग्रता, दोस्रोमा तोसिमा कार्की [अपडेट]

ललितपुर । ललितपुर क्षेत्र नम्बर–३ मा एक हजार ३०० मतगणना गर्दा एमालेको अग्रता कायम छ । नेकपा (एमाले)का अमृत खड्काले अग्रता कायम गरेका छन् । खड्काले ४९७ मत पाएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याइरहेकी छन् । कार्कीको २८६ मत छ । माओवादी केन्द्रकी पम्फा भुसालले १०९ मत पाएकी छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ ।

झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ सुरु हुनेछ । त्यस्तै, क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ ।

निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नं ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *