सामुदायिक रेडियो पुष्पाञ्जलीद्वारा मुसिकोटका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

कौरव खत्री
गुल्मी । सामुदायिक रेडियो पुष्पाञ्जलीले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । देश विदेशबाट सहयोग जुटाएर संकलित रकमबाट मुसिकोट नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक र विद्यार्थीहरु कोरोना जोखिमको उच्च जोखिममा रहेकाले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको रेडियोका सचिव सुन्दर प्रधानले जानकारी दिनुभयो ।

सहयोग सकंलन अभियान सञ्चालन गरी संकलित रकमबाट नगरपालिकाका वडा नं १,२,५,६,७ र ८ वडा भित्र रहेका माध्यमिक तहका विद्यालयहरुलाई अक्सिमिटर,थर्मल गन,माक्स,सेनिटाईजर, फेस सिल्ड,ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विपदको यो समयमा रेडियो आफै सकंटमा रहेर पनि समुदायप्रति चासो देखाई सहयोग सकंलन गर्नु सह्रानीय कार्य रहेको बताउनुभयो । साथै नगरपालिका रेडियोका लागि आवश्यक पर्ने सहयोग गर्न पनि तत्पर रहेको बताउनुभयो ।

मुसिकोट नगरपालिकाले कोरोना रोकथाम र उपचारका लागि आवश्यक सम्पूर्ण तैयारी गरेको उहाँले बताउनुभयो । गत वर्ष देखि एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा सगैं सक्रंमितहरुलाई अस्पतालसम्म पुर्याउन निशुल्क ऐम्बुलेन्स तथा निशुल्क औषधोपचारको व्यवस्था गरेको उहाँको भनाई थियो ।


नगरपालिकाले आफ्नो तैयारी गरेपनि सकांस्पद लक्षण देखिए पनि चेकजाँच नगर्दा सक्रंमण समुदायस्तरमा फैलिएको बताउदै उहाँले चेकजाँच गर्न हिच्किचाउने र सक्रंमितहरुलाई पनि गलत नजरले हेर्ने परिपाटी रहेको भन्दै सापकोटाले कोराना सक्रंमित भएकाहरुलाई माया र सद्भाव बढाउन आग्रह गर्नुभयो । फरक प्रसगंमा नगरप्रमुख सापकोटाले अहिलेको प्रमुख प्राथमिकता खोप हुनुपर्ने भन्दै उहाँले संघीय सरकारले अरु पूर्वाधारका काम रोकेर भएपनि नागरिकहरुलाई खोप उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एंव महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले सरकारले पनि उपेक्षा गरेका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेकोमा आभार व्यक्त गर्नुभयो । शर्माले कोरोनाको उच्च जोखिममा रहेका शिक्षकहरुलाई सरकारले खोपको व्यवस्था गर्न आग्रह भयो ।

कार्यक्रममा रेडियोका पूर्व अध्यक्ष एवम् सल्लाहकार सुदर्शन शाक्य, कोषाध्यक्ष अर्जुन सापकोटा,सह कोषाध्यक्ष विष्णु प्रसाद आचार्य, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली, शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक रामकृष्ण कंडेल,जनज्योति माध्यमिक विद्यालयका शिक्षक सज्जन बौद्धाचार्य,नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक सुनिल भण्डारी, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक जीत बहादुर रायमाझी,महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका अंग्रेजी माध्यम ईन्चार्ज रामचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक रेडियो पुष्पाञ्जलीले यस अगाडी नगरपालिकालाई ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको थियो ।स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान अझै पनि जारी रहेकाले नगरपालिका भित्र रहेका अन्य सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई क्रमश स्वास्थ्य सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेको रेडियो सञ्चालक समितिका सह सचिव कौरव खत्रीले जानकारी दिनुभयो । रेडियोले विद्यालयका प्रअ र सम्बन्धित शिक्षकलाई एक कार्यक्रम गरि स्वास्थ्य सामाग्री आइतवार हस्तान्तरण गरिएको हो ।

रेडियो सञ्चालक समितिका सचिव सुन्दर प्रधानको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन रेडियो सञ्चालक समितिका सह सचिव कौरव खत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.