मुस्ताङमा कांग्रेस जितकाे नजिक, कसकाे कति मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ । एमालेका तुलाचन भन्दा कांग्रेसका थकाली ६३५ मतले अगाडि छन् ।

 

कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।

प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उमेदवार माधवराज कँडेलले सबैभन्दा धेरै १६२ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)की विद्या भट्टराईले १२२ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट समाजवादीका उमेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् । राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भएको छ ।

कास्की निर्वाचन क्षेत्र नं. १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए ।

बाँके निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले)का उमेदवारले अग्रता प्रारम्भिक अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म यहाँ एक हजार २४८ मतगणना गरिएको छ ।

त्यसमध्ये एमालेका उमेदवार किस्मत कक्षपतिले ६०० मत पाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले ४०० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २४८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *