ललितपुर-३ मा ह्वात्तै बढाइन पम्फा भुसालले मत, ताेसिमा तेस्राेमा झरिन् (ताजा अपडेट)

ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।

खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।

यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।

नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर २ मा पनि अग्रता कायम राखेको छ ।

जारी मतगणनामा यहाँ १० हजार ८८ मतगणना हुँदा एमाले उम्मेदवार प्रेम बहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले २ हजार ४९७ मतसहित पछ्याइरहेका छन् ।

ललितपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जन १ हजार ४९० मतसहित तेस्रो स्थानमा रहेका छन् । यहाँ सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्ण लाल महर्जन १ हजार ४७७ मतसहित चौथो स्थानमा रहेका छन् ।

 

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् ।

११८६ मत गणना हुँदा सिंहले ३२६ मत प्राप्त गरेका छन् भन् राप्रपाका रवीन्द्र मिश्रले उनलाई पछ्याएका छन् । मिश्रले २८९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार किरण पौडेलले १८६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *