मुस्ताङबाट कांग्रेसको पहिलो जित, योगेश गौचन विजयी

मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रसका योगेश गौचन थकाली विजयी भएका छन् ।

१०,९५७ मतदाता रहेको मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै योगेश विजयी भएका हुन् । गौचनले तीन हजार ९९२ मतले विजयी हुँदा तुलाचनले ३ हजार ७८ मत मात्र पाए ।

आइतबार सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको निर्वाचनको मतगणना कार्य धमाधम सुरु हुँदै छ ।

सोमबार बिहान ११:३० सम्म ११ वटा निर्वाचन क्षेत्रमा मत गन्दा प्रतिनिधिसभातर्फ मुस्ताङमा नेपाली कांग्रेस विजयी भयको छ भने अन्य ६ सिटमा एमालेले अग्रता लिएको छ ।

कांग्रेसको थप ३ सिटमा अग्रता छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ क्षेत्रमा अग्रता लिँदै नेपाली कांग्रेसलाई पच्छ्याइरहेको छ ।

ललितपुरका तीन वटै क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ भने भक्तपुर २ मा कांग्रेसले अग्रता लिएको छ । प्रदेशसभातर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा अग्रता कायम गरेको छ ।

ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *