काठमाडाैं ४ गगन थापा झिनाे मतले अगाडि (ताजा अपडेट)

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।

काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् ।

राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *