मत गणनाकाे प्रारम्भिक रूझान : काठमाडाैंमा घण्टीको अग्रता (ताजा अपडेट)

काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा छन् ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।

ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो स्थानमा छन् । ललितपुर-१ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् । मतगणना भइरहेको भक्तपुर-२ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।

झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म ५०० मतगणना हुँदा यहाँ राप्रपाका उमेदवार अगाडि छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

०७४ को निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।

सप्तरी–२ : सिके राउतलाई ६ सयभन्दा बढी मतको अग्रता

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका सिके राउतले प्रारम्भिक अग्रता लिएका छन् । राउतले एक हजार २० मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत पाएर उपेन्द्रलाई पछ्याउँदै छन् ।

प्रदेशसभा तर्फ (क)मा पनि जनमत पार्टीकै अग्रता देखिएको छ । जनमत पार्टीका सचिन सिंहले एक हजार ३२१ मत पाउँदा जसपाका शैलेन्द्रप्रसाद साहले ५६१ मत पाएका छन् । लोसपाका सरोज मंडलले ४३३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *