सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौं । सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी छ । हालसम्म चार हजार ५ सय मतगणना भएको छ ।

पछिल्लो गणना अनुसार कांग्रेसका प्रकाशमान सिंहले १ हजार ४१८ मत पाएका छन् । एमालेबाट किरण पौडेलले १ हजार ९४ तथा राप्रपाका रवीन्द्र मिश्रले १ हजार ३६ मत पाएका छन् ।

आमा चुनाव चिह्नमा लडेका रमेश खरेल ३५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वमले ७०२ मत पाएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ को मतगणना सुरु गरिएको छ । आज दिउँसो १ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना सुरु गरिएको हो ।

यहाँबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल, स्वतन्त्र श्रीप्रसाद गुरुङ, रञ्जु दर्शनालगायत उमेदवारहरू प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *