चितवन २ ताजा अपडेट, रवि लामिछाने तेस्रोमा !

काठमाडौं । चितवन २ मा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेलले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म २२८५ मत गणना भएको छ ।

जसमध्ये पोखरेलले ११४४ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ७०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत प्राप्त गरेका छन् । यो इच्छाकामना गाउँपालिकाको मत रहेको निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ ।

चितवन २ (२२८५ मत गन्दा)
कृष्ण भक्त पोख्रेल (सूर्य) : १,१४४
उमेश श्रेष्ठ (रुख) : ७०४
रबि लामिछाने (घण्टी) : २६०

रुपन्देही क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता बनाएका छन् । हालसम्म एक हजार १०० मत गन्दा पौडेलले ३९९ मतसहित अग्रता लिएका छन् ।

यस्तै, नेकपा (एमाले)का विष्णु पौडेल दोस्रो स्थानमा छन् । उनले ३६८ मत पाएका छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २९३ मत पाएका छन् ।

काठमाडौं–३ मा ७,१४२ मतगणना : कांग्रेसका चालिसेको अग्रता

प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ मा सात हजार १४२ मतगणना गरिएको छ । अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेसका उमेदवार सन्तोष चालिसे ३३२ मतान्तरसहित अगाडि छन् । उनले दुई हजार ५६७ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण राईले दुई हजार २३५ मत ल्याएका छन् ।

चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका मेयर हुन् । राई यही क्षेत्रबाट ०७४ मा निर्वाचित सांसद हुन् ।

काठमाडौं–७ मा एमालेका घिमिरेको अग्रता, मानुषी तेस्रो 

प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ मा हालसम्म तीन हजार ६५८ मतगणना गरिएको छ ।पछिल्लो मत परिणाअनुसार यहाँ नेकपा (एमाले)का उमेदवार श्यामकुमार घिमिरेले अग्रता लिएका छन् । उनले ९५० मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पराजुलीले ८५६ मत ल्याएका छन् । सत्ता गठबन्धनकी साझा उमेदवार मानुषी यमी भट्टराईले ६९८ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *