झापा–५ मा केपी ओली दोब्बर मतले अगाडि [ ताजा अपडेट ]

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्। अधिकारीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

यो क्षेत्रको ६ हजार २०७ मत गणना भएको छ। निर्वाचन अधिकृत कार्यालयका अनुसार गोरीगंज गाउँपालिकाको मत गणना भइरहेको छ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरीगंजमा कांग्रेसले ५ हजार ६८९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवारले ३ हजार ३३० मत पाएका थिए।

काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर -४ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

सोमबार साढे ६ बजेसम्म भएको गणनामा थापाले चार हजार ७२७ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले तीन हजार ४९६ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६१०, स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईले ४८७ र हाम्रो नेपाली पार्टीका अर्चन शम्शेर राणाले २४४ मत पाएका छन्।

डडेलधुरामा सागर ढकाल ५२७ मतले पछि, देउवा अघिअघि

डडेलधुरामा स्वतन्त्र उमेदवार सागर ढकाल अहिलेसम्मको मतगणनामा ५२७ मतले पछि परेका छन् । उनले अहिलेसम्म ४२२ मत प्राप्त गरेका छन् । यो मत २ हजार मत गणना हुँदासम्मको हो ।

अहिलेसम्मको मत गणनाअनुसार कांग्रेस उमेदवार शेरबहादुर देउवाले ९४९ मत प्राप्त गरेका छन् भन् कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले ४२५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *