अर्घाखाँचीमा एमालेको प्रारम्भिक अग्रता

काठमाडाैं । अर्घाखाँचीमा नेकपा (एमाले)का टोपबहादुर रायमाझीले नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमलाई पछि पारेका छन्। पछिल्लो मत परिणाम अनुसार रायमाझीले १ हजार १८६  मत पाएका छन्।

पूर्व उपासभामुख समेत रहेकी भुसालले ७४७ मत ल्याएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालको ६४ मत छ। मत गणना जारी छ।

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना रोचक बनिरहेको छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले अग्रता कायम गरेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछाडि पारेकी हुन् ।

४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४ सय ८२ मत ल्याएकी छन्। यस्तै, दोस्रोमा पुगेका एमाले उम्मेदवार खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय ८८ मत ल्याएकी छन्।

प्रचण्डको निर्वाचन क्षेत्रमा फेरि चुनाव गराउन ७ दलको माग

नेकपा एमाले लगायत ७ दलले गोरखामा पुनः मतदान गर्न माग गरेका छन् । गठबन्धनले विभिन्न मतदान केन्द्रमा धाँधली गरेको भन्दै एमाले लगायतका पार्टीहरुले पुन: मतदानको माग गरेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताको नाममा मतदान गर्ने, अन्य उम्मेदवारका प्रतिनिधिहरुमाथि हातपात गर्ने जस्ता अवाञ्छित क्रियाकलाप भएको एमाले लगायतका पार्टीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भीमसेन थापा-१ मसेलको विन्द्रावती मावि, भीमसेन थापा-१ कै बालकल्याण आधारभूत विद्यालय, आरुघाट-१ मान्वु, सिरानचोक-३ हर्मीको सरस्वती आधारभूत विद्यालय,

बारपाक सुलिकोट-४ को हिमालय मावि, बारपाक सुलीकोट-६ को सूर्यज्योति मावि र धार्चे-३ को पार्वती आधारभूत विद्यालय मतदान केन्द्रहरुमा धाँधली भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाको निष्पक्ष छानबिन गरी पुन: मतदान गर्न निर्वाचन आयोगलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गोरखा क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट अब्दुस मिँया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *