काठमाडाैंमा रविन्द्र मिश्रकाे एकाएक कम्ब्याक ! फराकिलाे बनाउँदै अन्तर !

काठमाडौँ । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।

यसअघि सुरुवाती अग्रता सिंहको थियो। मिश्रको अग्रतासँगै राप्रपाका तीन जना अघि लागेका छन्। झापा ३ मा राजेन्द्र लिङ्देन, बाँके २ धवल शमसेर राणा र काठमाडौं १ मा मिश्रको अग्रता रहेको छ।

उता, दाङ-२ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ६७७ मतले पछाडि परेका छन्।

अहिलेसम्म पाँच हजार ७८६ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्माले अग्रता बढाएकी छन्। उनले दुई हजार ४३४ मत पाएकी छन्।

एमाले उम्मेदवार पोखरेलले एक हजार ७५१ मत पाएका छन्। उनी शुरुआतदेखि नै पछाडि छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ६७४ मत पाएका छन्।

गगन थापा एमालेका भट्टराईभन्दा ७ सय बढी मतले अगाडि

काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। तीन वटा वडाको मत गणना हुँदा थापा ७ सयभन्दा बढी मतले अघि छन्। हाल बुढानीलकन्ठ १, २ र ८ वडामा मत गणना भएको छ।

यस्तो छ पछिल्लो मत विवरण – गगन थापा/कांग्रेस- ३४९० // राजन भट्टराई/एमाले- २७१५ यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।

डडेलधुरामा सुरु भयो मतगणना

डडेलधुरामा ढिलो गरी मतगणना सुरु भएको छ। आइतबार सबै मतदान केन्द्रमा मतदान सकिए पनि सडकको दूरावस्थाका कारण ग्रामिण क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि सोमबार अपराह्न मतगणना सुरु भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि देउवासहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

देउवाको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हेरिएको छ। देउवा २०४८ साल यता डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *