काठमाडाैं ३ मा ताेसिमाले ह्वात्तै बढाइन् मतान्तर, गठबन्धनलाई यति धेरै मतले पारिन् पछि !

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना रोचक बनिरहेको छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले अग्रता कायम गरेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछाडि पारेकी हुन् ।

४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४ सय ८२ मत ल्याएकी छन्। यस्तै, दोस्रोमा पुगेका एमाले उम्मेदवार खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय ८८ मत ल्याएकी छन्।

ललितपुर महानगरपालिका-२१ खोकना र वडा नम्बर २२ को बुङ्मती क्षेत्रबाट मतगणना सुरु भएको थियो । स्थानीय चुनावमा यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको थियो । तर सात महिनाअघि आफैंले जितेको वडामा पनि माओवादीले धेरै मत पाउन सकेन ।

खोकना र बुङ्मतीको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. कार्की पछाडि थिइन् । यी क्षेत्रको मतगणना हुँदा केही समय भुसालले तोसिमालाई उछिनेकी थिइन् ।

ललितपुर-३ का निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार यतिखेर खोकना र बुङ्मतीका एक-एक मतदान केन्द्रको गणना सकिएको छ । खोकनामा दुई र बुङ्मतीमा दुई मतदान केन्द्र थिए ।

यससँगै ललितपुर महानगरपालिकाको २४ नम्बर वडामा पर्ने धापाखेल, वडा नम्बर १८ भैंसेपाटी र वडा नम्बर २५ सैंबुको मतगणना भइरहेको छ । धापाखेल थोरै पुरानो बस्ती र अधिकांश नयाँ बस्ती भएको क्षेत्र हो । यो वडामा चारवटा मतदान केन्द्र छन् । त्यसैगरी भैंसेपाटी डा. कार्कीको बसोबास भएको क्षेत्र हो ।

यी क्षेत्रको मतगणना सुरु भएसँगै डा. कार्कीले एमाले उम्मेदवार अमृत खड्कासँग ३०० मतको अन्तर बनाएकी छन् । माओवादीकी उम्मेदवार भुसालले डा. कार्कीले पाएको भन्दा करिब एक हजार कम मत पाएकी छन् ।

ललितपुरको खोकनामा माओवादीका रवीन्द्र महर्जनले वडाध्यक्षमा विजयी हुँदा १ हजार २०० बढी मत ल्याएका थिए । खोकना र बुङ्मतीका एक-एक मतदान केन्द्रको मतगणना भइसक्दा पनि पनि भुसालले २ हजार मत कटाउन सकेकी छैनन् ।

ललितपुर वडा नम्बर २१ र २२ बाट मतगणना सुरु हुँदा डा. कार्कीले खड्कालाई पछ्याइरहेकी थिइन् । तर सहरी क्षेत्रको मतगणना सुरु भएसँगै कार्कीको मतान्तर बढेको छ । ललितपुर-३ मा ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा पर्छन् ।

मुस्ताङमा कांग्रेसको क्लिनस्विप

मुस्ताङमा कांग्रेसले क्लिनस्विप गरेको छ । प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएसँगै कांग्रेसले क्लिनस्विप गरेको हो ।

कांग्रेसका बिकल शेरचन प्रदेशसभा ख बाट विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याए।

प्रदेशसभा ‘क’ मा कांग्रेसकै नम्डु गुरुङ विजयी भएका छन् भने प्रतिनिधि सभामा कांग्रेसकै २९ वर्षीय योगेश गौचनी थकाली विजयी भएका हुन् । मुस्ताङमा २०७४ को निर्वाचनमा एमालेले क्लिनस्विप गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *