रेशम चौधरीका बुवाले लिए अग्रता, कसकाे कति मत ( ताजा अपडेट )

काठमाडाैं । बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्। अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थले एक हजार ९१० मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार पंकजसिंह राठौंर तेस्रो नम्बरमा छन्। उनले एक हजार दुई मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन्। निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गरेको थियो।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टी विजयी हुने पक्का  

कैलाली निर्वाचन क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अग्रता रहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै नाउपाले अग्रता लिएको हो ।

टिकापुर नरसंहारको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठले फराकिलो मतान्तरका साथ अग्रता बनाइरहेकी छिन् । यही मतपरिणाम कायम रहिरहेको अवस्थामा श्रेष्ठले जित्ने पक्का जस्तै देखिएको छ ।

पाँच हजार मत गन्दा प्रदीप पौडेललाई ३६६ मतको अग्रता

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पाँच हजार मतगणना हुँदा कांग्रेसका पौडेलले १३१८ मत पाएका छन् ।

उनलाई नेकपा (एमाले)का ईश्वर पोखरेलले ९५२ मतसहित पछ्याइहेका छन् । मुख्य प्रतिस्पर्धी पोखरेलसँग पौडेलले ३६६ मतको अग्रता बनाएका छन् ।

राजनभन्दा गगन १५५५ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर–४ मा कांग्रेसका गगन थापाको अग्रता फराकिलो हुँदै गएको छ । अहिलेसम्म १५२६२ मत गन्दा गगन ले १५५५ मतको अग्रता बनाएका छन् । उनले ६९७५ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का राजन भट्टराईले ५४२० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *