जुम्लामा ज्ञानेन्द्र शाही माओवादीभन्दा तेब्बर मतले अगाडि (ताजा अपडेट)

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले तेब्बर मतको अग्रता बनाएका छन् । प्रतिनिधिसभा निर्वाचनतर्फ ज्ञानेन्द्रले ७१६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवरले २३८ मत ल्याएकी छन् । नेकपा (एमाले)का रतननाथ योगीले ५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएकाे छ ।

सप्तरी २ मा सीके राउतको अग्रता कायमै, उपेन्द्र २११७ मतले पछाडि

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता बढाएका छन् । उनले ४ हजार २८२ मत पाएका छन् ।

राउतलाई पछ्याएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले २ हजार १६५ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २ हजार ११७ मत रहेको छ । लोसपाका जयप्रकाश ठाकुरले १ हजार ७०९ मत प्राप्त गरेका छन् ।

काठमाडौं-२ मा अघि लागिन् सोविता, पछिपछि ओनसरी

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छिन्। गौतमले ७४४ मत प्राप्त गर्दा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४ सय ७८ मत प्राप्त गरेकी छिन्।

एमालेका मणिराम फुयालले ४ सय ६४ मत ल्याउँदा राप्रपाकी कुन्ती देवी पोख्रेलले ३ सय ६९ मत प्राप्त गरेकी छिन्।

प्रदीप पौडेललाई ३६६ मतको अग्रता

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पाँच हजार मतगणना हुँदा कांग्रेसका पौडेलले १३१८ मत पाएका छन् ।

उनलाई नेकपा (एमाले)का ईश्वर पोखरेलले ९५२ मतसहित पछ्याइहेका छन् । मुख्य प्रतिस्पर्धी पोखरेलसँग पौडेलले ३६६ मतको अग्रता बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *