गुल्मी-२ मा रामकुमारीले ह्वात्तै घटाइन् मतान्तर (ताजा अपडेट)

काठमाडाैं । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता बनाइरहेका छन् । उनलाई नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन् ।

यो समाचार तयार पार्दासम्म विष्टले ६ सय ७२ मत ल्याएका छन् झाँक्रीले ६ सय मत ल्याएकी छन् । विष्ट गुल्मी २ बाट ३ पटक निर्वाचित भइसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत मात्रै पाएका छन् ।

ललितपुरमा ३ मा तोसिमाको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । ६ हजार ३५६ मतगणना हुँदा तोसिमाले २ हजार ४१५ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काले २ हजार ३९ मत प्राप्त गरेका छन् । कार्की र खड्काको मतान्तर ३७६ रहेको छ । नेकपा (माओवादी केन्द्र)की उमेदवार पम्फा भुसालले १ हजार २५० मत प्राप्त गरेकी छन् ।

झापा १ मा विश्वप्रकाशको अग्रता कायमै

झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्। अहिलेसम्म ७ हजार ६ सय ९७ मत गणना भएको छ। शर्माले ३९०० मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २३९० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिनिधि सभाका ९७ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। संयुक्त निर्वाचन परिचालन केन्द्रको विवरण अनुसार ६८ वटा निर्वाचन क्षेत्रमा गणना हुन बाँकी रहेको छ।

१२ वटा जिल्लामा मतपेटिका संकलननै बाँकी रहेको छ। सोलुखुम्बु, संखुवासभा, डोल्पा, बाजुरा,मुगु, कालिकोट, दार्चुला सहित अन्य जिल्लाका मतपेटिका संकलन गर्न नसकिएको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *