चितवन-२: कति पुग्यो रवि लामिछानेको भोट ? (ताजा अपडेट )

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिलेसम्मको मतपरिणाम अनुसार पछाडि नै परिरहेका छन् ।

उनी भन्दा अगाडि पहिलो नम्बरमा एमालेका कृष्णभक्त पोखरेल रहेका छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । रवि भने तेस्रो स्थानमा रहेका छन् ।

पहिलो स्थानमा रहेका एमालेका पोखरेलले १ हजार १ सय ४४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका उमेश श्रेष्ठले ७ सय ४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका रविको भने २ सय ६० मत मात्रै आएको छ ।

लमजुङमा पृथ्वी सुब्बा गुरुङकाे अग्रता

लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले माओवादी केन्द्रका देवप्रसाद गुरुङसँगको मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार एमालेका गुरुङ माओवादीका गुरुङ भन्दा ४ सय बढी मतले अगाडि लागिरहेका छन् । एमालेका गुरुङले यो समाचार तयार पार्दासम्म २ हजार ५ सय ८ मत ल्याएका छन् । यस्तै, माओवादीका गुरुङले २ हजार ८७ मत ल्याएका छन् ।

झापा-१ मा विश्वप्रकाशले बढाए अग्रता

झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले करिब १५ सय मतले अग्रता लिएका छन् ।

सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

भक्तपुर-२: कांग्रेसका थापालाई उछिन्दै अगाडि लागे एमालेका बस्नेत

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायम गरेका छन् । यसअघि नेपाली कांग्रेसका दुर्लभ थापा अगाडि लागिरहेका थिए ।

१९ हजार ७ सय ७९ मत गणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् भने दोस्रो स्थानमा झरेका कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *