चितवन २ : मत बढाउँदै रवि लामिछाने कसकाे कति मत (ताजा अपडेट)

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। यहाँ अहिलेसम्म २८८५ मत गणना हुँदा पोखरेलले १३०६ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत ल्याएका छन। राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ४३९ मत मात्रै पाएका छन्।

प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच २० मतको अन्तर

काठमाडौं १ मा १५ हजार मत गणना सकिएको छ । अहिलेसम्मको गणनाअनुसार कांग्रेस र राप्रपाबीच जम्मा २० मतको अन्तर रहेको छ ।

कांग्रेसका प्रकाशमान सिंहले ३८५० मत प्राप्त गर्दा राप्रपाका रवीन्द्र मिश्रले ३८७१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार किरण पौडेलले २२३१ मत प्राप्त गरेका छन् ।

गुल्मी क्षेत्र नं. २  गोकर्ण बिष्टकाे सुरुवाती अग्रता

गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा एमालेका बिष्टले ६७२ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ६०२ मतसहित उनलाई पछ्याइरहेकी छन् । बदर मतको संख्या ७२ रहेको छ ।

इस्मा गाउँपालिका हिमालय मावि हस्तिचौरबाट क्षेत्र नं २ को मतगणना सुरु गरिएको छ । गुल्मी क्षेत्र नं २ बाट पुर्व सहकर्मीद्वय नेकपा एमालेका गोकर्ण बिष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री चुनावी प्रतिस्पर्धामा छन् ।

झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । चुनावमा झाँक्रीलाई गठबन्दनको साथ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *