ललितपुर–२ को मतगणना अन्तिम चरणमा, भारी मतान्तरले एमाले अगाडि (ताजा अपडेट)

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर २ मा अहिलेसम्म ३७ हजार ९ सय १४ मत गणना भएको छ। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले दिएको पछिल्लो जानकारी अनुसार अहिले साँझ साढे ७ बजेसम्ममा सो मत गणना भएको हो।

जसमा नेकपा एमालेले अग्रता जारी राखेको छ। सूर्य चिन्ह लिएका प्रेमबहादुर महर्जनले १०३०३ मत ल्याएका छन्। यस्तै लौरो चिन्ह लिएका सुदिन शाक्यले ७ हजार ८ सय ८४ मत पाएका छन्।

ललितपुर २ मा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले ६०६८ मत ल्याएको छ। यसैगरी निवर्तमान सांसद समेत रहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ६४८६ मत पाएका छन्।

अब सो क्षेत्रको झण्डै १२ हजार मत मात्र गणना गर्न बाँकी छ।

१३० मतसहित प्रचण्डको सुरुवाती अग्रता, अब्दुसको १३ मत

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १३० ल्याएर सुरुवाती अग्रता बनाएका छन् ।

दुई सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २८ मत ल्यायर दोस्रो स्थानमा छन् । एमालेका अब्दुस मियाँले १३ मत मात्र ल्याएका छन् ।

प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम राखेका छन्।

सोमबार साँझ साढे ८ बजेसम्म ३०२० मत गन्दा पौडेलले १०९६ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका विष्णु पौडेलले पछ्याइरहेका छन्। पौडेलले ९६४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका जनमुक्ति पार्टीका केशवबहादुर थापाले ७३२ मत ल्याएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *