प्रचण्डकी बुहारी बिना मगरकाे के छ अवस्था, कति मत ? (ताजा अपडेट

काठमाडौं । कञ्चनपुर–१ मा गठबन्धन तथा नेकपा (माओवादी केन्द्र)की उमेदवार बिना मगर नेकपा (एमाले) का तारा लामा तामाङभन्दा दोब्बर मतान्तरले पछि परेकी छन् ।

एक हजार मतगणना गर्दा बिना मगरले २३६ मत प्राप्त गरेकी छन् भने तामाङले ५९७ मत प्राप्त गरेका छन् ।

मनाङको प्रतिनिधिसभातर्फ पनि कांग्रेसका टेकबहादुर अगाडि

मनाङमा प्रनिनिधिसभातर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। त्यहाँ हालसम्म नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २४५ मतले अगाडि देखिएका छन्।

उनलाई नेकपा एमालेका पोल्देन छोपाङले पच्छ्याइरहेका छन्। अब नासों र ङिस्याङ गाउँपालिकाको एउटा–एउटा वडाको मतगणना बाँकी छ। ती दुवै वडामा एमाले बलियो रहेको मानिन्छ।

मनाङमा यसपटक प्रदेशसभामा निर्विरोध बनेका दीपक मनाङ्गेको समर्थन कांग्रेसले प्राप्त गरेको छ। मनाङ्गेलाई आफ्नो पक्षमा पार्न एमाले र कांग्रेस दुवैले उनलाई निर्विरोध बनाएका थिए।

निर्विरोध बनेपछि मौनजस्तै देखिएका दीपक मनाङ्गे प्रचारको उपक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी र्‍यालीमा देखिएका थिए ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा, माओवादीलाई उछिन्यो

आइतबार निर्वाचन भएका प्रदेशसभा र प्रतिनिधिसभातर्फ अधिकांश क्षेत्रमा मतगाणना जारी छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको मत सबैभन्दा धेरै छ ।

आयोगका वेबसाइटमा अपडेट भएअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसको मत ६ हजार ४३४ रहेको छ । नेकपा (एमाले) दोस्रो रहँदै पाँच हजार ३२० मत प्राप्त भएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पाटीले चार हजार १९३ मत पाएको आयोगले जनाएको छ । त्यो नेकपा (माओवादी केन्द्र)को भन्दा बढी हो ।

माओवादीले दुई हजार १४० मत प्राप्त गरेको आयोगले जनाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एकहजार ५८१ मत प्राप्त गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले ५८४, जनमत पार्टीले ५६५, जनता समाजवादी पार्टीले ५१५ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले २००, हाम्रो नेपाल पार्टीले १६९ र अन्य पार्टीको ६७१ मत रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *