गुल्मी क्षेत्र नं २ ताजा अपडेट : गाेकर्ण विस्टलाई कडा टक्कर दिँदै झाँक्री दीदी !

गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा ३ हजार १२१ मत गन्दा एमालेका बिष्टले १ हजार ६७७ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १ हजार ३१६ मतसहित उनलाई पछ्याइरहेकी छन् ।  गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा अन्तर्गत इस्मा गाउँपालिका वडा नम्बर १ र २ को मत गणना गरेर सकिएको छ ।

मतगणना अनुसार वडा नम्वर १ मा नेकपा एमालेको सूर्य चिन्हमा ६७२ र नेकपा (एकीकृत समाजवादी)को कलम चिन्हमा ६०२ मत प्राप्त भएको थियो ।

उता वडा नम्बर २ मा सूर्य चिन्हमा १ हजार ५ मत खस्दा कलम चिन्हमा ७१४ मत मात्र खसेको थियो । २ वटा वडाको मत गनेर सक्दा सम्म नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री भन्दा ३६१ मतले अगाडि छन् ।

गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, एमालेका मियाँ तेस्रो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती रुझानमै धेरै अगाडि देखिएका छन्। ५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन्।

प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन्। प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन्।

गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ। एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *