चितवन २ काे २५ सय ८६ मत गन्दा रवि लामिछानेकाे मत कति ?

काठमाडौं । चितवन २ को २५ सय ८६ मत गन्दा रवि लामिछानेले जम्मा ३ सय २३ मत पाएका छन्। मत गणनामा एमालेका कृष्णभक्त पोख्रेल १ हजार २ सय ३७ मतले अगाडि छन्।

दोस्रोमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठ ८ सय ४३ मत पाएर दोस्रो स्थानमा छन्। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो।

यो मत परिणामले ग्रामीण क्षेत्रमा रविको प्रभाव कम देखिएको छ। सहरी क्षेत्र प्रवेश गरेसँगै उनको मतसंख्या बढ्न सक्छ।

गोरखा २ : ५५० मत गणना हुँदा प्रचण्डले पाए ३९१

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुआती अग्रता लिएका छन् । ५५० मत गणना हुँदा अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका अब्दुस मियाँले ३३ मत पाएका छन् । अर्का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म जम्मा ६९ मत पाएका छन् ।

शंकर पोखरेल १,०१९ मतले पछाडि, रेखा शर्माले मतान्तर बढाउँदै

दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले मतान्तर फराकिलो पारेकी छन् । आठ हजार ५०० मत गणना गर्दा तीनहजार ६७२ मत पाएकी छन् ।

एमालेका महासचिव शंक पोखरेलले दुई हजार ६५३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले एक हजार २२ मत पाएका छन् ।

मनाङ प्रदेश ‘क’ मा कांग्रेस विजयी

हिमाल पारीको जिल्ला मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । एमालेका राजनबहादुर गुरुङलाई पछि पार्दै मनिन्द्रजङ निर्वाचित भएका हुन् ।

मनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पारएका छन् । यहाँ सात मत बदर भएको छ भने २३ मत राप्रपाका उमेदवारले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *