काठमाडाैं ४ : राजन भट्टराईले ह्वात्तै घटाए मतान्तर (ताजा अपडेट)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । उनी नेकपा (एमाले) का राजन भट्टराईभन्दा एक हजार १८७ मतले अगाडि छन् । यसअघि १५ हजार २६२ मत गणना हुँदा गगनले १,५५५ मतको अग्रता लिएका थिए ।

१९ हजार ५८ मत गणना हुँदा गगनले आठ हजार १८७ मत प्राप्त गरेका छन् । राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गरेका छन् ।

गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती रुझानमै धेरै अगाडि देखिएका छन्। ५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन्।

प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन्। प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन्।

गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ। एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन्।

मनाङमा टेकबहादुर गुरुङको अग्रता कायमै

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उम्मेदवार गुरुङ २ हजार २५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले १ हजार ८०३ मत पाएका छन् ।

प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ४ मत मात्रै पाएका छन् । मनाङमा कूल मतदाता ६ हजार ७७९ रहेकामा ४ हजार ८४५ मत खसेको थियो । ३ हजार ८३२ मत गणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *