डोटीमा प्रेम आलेकाे अवस्था के छ ? ताजा अपडेट !

काठमाडाैं । डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले प्रारम्भिक मतगणनामा एमालेकी उम्मेदवार गौरी वलीलाई पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार १ हजार २४९ मत गणना हुँदा आलेले ६४० मत पाएका छन् भने एमालेकी वलीले ४५२ मत पाएकी छन् ।

समानुपातिक मतगणना अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ ।

यस्तै पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ । यस्तै राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।

मनाङबाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्रजंग निर्वाचित

मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । प्रदेश क्षेत्र २ मा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।

सिन्धुपाल्चोक–१ मा माओवादीको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । हालसम्म २८९ मत गन्दा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधले १२५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सरेश नेपालले ११५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत पाएका छन् । २२ मत भने बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *