राेचक बन्दै काठमाडाैं १ काे प्रतिस्पर्धा : रविन्द्र र प्रकाशमानकाे कबड्डी कबड्डी (ताजा अपडेट)

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् । १७ हजार २०० मत गणना हुँदा उनले चार हजार २ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले चारहजार ७९५ मत प्राप्त गरेका छन् ।  उनीहरूबीच ३३ मतान्तर रहेको छ ।

एमालेका किरण पौडेलले दुईहजार ८२२, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले दुईहजार ४०३ ल्याएका छन् । सुशासन पार्टीका रमेश खरेलले एकहजार ९६२ मत प्राप्त गरेका छन् ।

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् ।

निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् । मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङलाई दुई हजार मतको अग्रता

लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले करिब दुई हजार मतको अग्रता लिएका छन् । अहिलेसम्मको गणना अनुसार उनले ६ हजार २२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एवम् नेकपा मोआवादी केन्द्रका महासचिव देव गुरुङले ४ हजार १३१ मत प्राप्त गरेका छन् । लमजुङमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *