जुम्लामा ज्ञानेन्द्र शाहीले जित्ने लगभग पक्का, अहिलेसम्म कति मत ल्याए ? पछिल्लाे अपडेट

काठमाडौं। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो अन्तर बनाएका छन् । उनी निकटतम् प्रतिष्पर्धी भन्दा तेब्बर बढी मतले अगाडि छन् ।

यही मतान्तर कायम रहे शाहीको जित लगभग अहिलै पक्का देखिएको छ । शाहीको मत अबको अवस्थामा खासै खट्ने देखिदैन । जसले गर्दा उनको जित लगभग पक्का देखिन्छ ।

१३ सय मत गन्दा शाहीले ८४७ मतपाएका छन् । शाहीलाई पछ्याईरहेकी माओवादीकी गोमा कुँवरले २८४ मत ल्याएकी छन् । यस्तै, एमालेका रतननाथ योगीले ६६ र नेमकिपाका डिल्ली काफ्लेले ३९ मत ल्याएका छन् ।

गगन थापाले फेरि बढाए अग्रता

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले मतान्तर बढाएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापाले ८ हजार ७८५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का राजन भट्टराईले ६ हजार ६४९ मतले पछ्याइरहेका छन् । उनीहरूबीच २ हजार १३६ मतान्तर छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ ।

यस्तै पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ । यस्तै राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई सुरुवातमै अग्रता

भोजपुरमा प्रतिनिधिसभाका एमाले उम्मेदवार शेरधन राईले मत गणनाको सुरूवातमै अग्रता लिएका छन् । प्राप्त विवरण अनुसार ४०० मत गणना हुँदा शेरधन राईले १८७ मत ल्याएका छन् भने सुदन किराँतीले १७२ मत ल्याएका छन् । किराँती सत्ता गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *