समानुपातिक मतमा कांग्रेस पहिलाे, रवि लामिछानेको पार्टीले कति पायाे ?

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसले हालसम्म ९ हजार ७ सय ६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८ हजार ६ सय १६ मत ल्याएको छ।

तेस्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ६ हजार ४ सय १३ मत प्राप्त गरेको छ। चौथो स्थानमा माओवादी केन्द्र छ। माओवादी केन्द्रको ३ हजार ३ सय मत छ।

पाँचौ स्थानमा राष्ट्रय प्रजातन्त्र पार्टी छ। उसले ३ हजार २ सय ८७ मत ल्याएको छ। अन्य दलहरूले हजार मत कटाएका छैनन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सँगसँगै समानुपातिकतर्फ पनि मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो। आयोगको निर्देशनपछि विभिन्न जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत जारी छ।

कांग्रेसको दोस्रो जित, मनाङबाट

मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।

मोरङ ६ मा शेखर कोइरालालाई १८७ मतको अग्रता

मोरङ ६ को पछिल्लो मत परिणामअनुसार गठबन्धन तर्फबाट नेपाली काग्रेसका उम्मेदवार शेखर कोइरालाले १८७ मतको अग्रता लिएका छन्।

उनले ७८७ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन्। एमालेका पण्डितले ६०० मत प्राप्त गरेका छन्।

यहाँ सुरूआतदेखि नै कोइराला र पण्डितबीच तीव्र प्रतिस्पर्धा छ। अघिल्लोचोटिको निर्वाचनमा पनि यिनै दुई जना उठेकामा पण्डित विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *